Logo
Logo

रवि-बालेन सहमतिमा किन छुटे कुलमान ?


1.9k
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच साँत बुँदे सहमति भएको छ ।

आज बिहान रवि र बालेनबीच सहमति हुँदा पछिल्लो समय एकताका लागि निरन्तर सम्बादमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने छुटेका छन् ।

कुलमान रास्वपा र बालेन दुबैसँग निरन्तर सम्बादमा थिए । तर, उनले आफ्नो पार्टीको अस्तित्व नै मेटिने गरी एकता नगर्ने बताउँदै आएका थिए ।

घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औँल्याउँदै आएका थिए । एकता पछि कायम हुने पार्टीको नाम र जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै घिसिङ एकता प्रक्रियामा सहभागी नभएको बताइन्छ ।

रवि र बालेनबिच भएको सहमतिमा ‘अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने’ विषय उल्लेख छ । यही बुँदामा टेकेर घिसिङलगायतका नेतासँग एकता प्रयास हुने रास्वपा र बालेन शाह पक्षका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्