Logo
Logo

काठमाडौंको भावी मेयरमा रविका दाजु हरिशरणको दाबी


1.4k
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले काठमाडौंको मेयरमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।

आइतबार बिहानै रवि र काठमाडौंका मेयर बालेन शाहले गरेको सम्झौतालाई सकारात्मक मान्दै हरिशरणले महानगरपालिकाको भावी मेयरमा आफ्नो ‘स्वतन्त्र उम्मेदवारी’ रहने बताएका हुन् ।

उनले भनेका छन्, ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु ।’

लामिछाने रेडियो नेपालबाट सेवानिवृत्त हुन् । उनले भदौको जेन्जी आन्दोलनमा रेडियो नेपालको स्टुडियो छिरेर १५ मिनेट भन्दा बढी राष्ट्रिय प्रसारण नै कब्जा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्