Logo
Logo

रवि-बालेन सम्झौतामा जेनजी आन्दोलनको भावना समेटिएन : उज्यालो नेपाल


756
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा समेट्न नसकेको टिप्पणी गरेको छ ।

रवि र बालेन सातबुँदे सम्झौता गर्नुअघिसम्म उज्यालो नेपालका संरक्षक ऊर्जामन्त्री कुलमान घिसिङ उनीहरुसँग संवादमा थिए । शनिबार दिनभर बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाले पठाएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो ।

त्यसको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएपछि उज्यालो नेपालले जेनजी आन्दोलनको मूल भावनालाई सम्झौताले समेट्न नसकेको बताएको हो ।

उज्यालो पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले अब कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेर जनतामा जाने बताए । रवि–बालेन सम्झौतामा उज्यालो नेपाल नसमेटिनुको कारण नीतिगत र वैचारिक अस्पष्टता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्