Logo
Logo

प्रधानमन्त्री बन्न महानगरको जिम्मेवारी छोड्दै बालेन


567
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् ।

फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने सहमति गरेसँगै उनले महानगरको जिम्मेवारी छोड्ने तयारी गरेका हुन् ।

काठमाडौं महानगरमा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार हुने भएपछि उनले २ हप्ताभित्र राजीनामा दिने तयारी गरेको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्