Logo
Logo

राष्ट्रिय गीतको भिडियोमा देखिँदै अभिनेता हमाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज । नेपाली फिल्मका सदावहार अभिनेता राजेश हमाल चाँडै एक राष्ट्रियभाव बोकेको गीतको भिडियोमा देखिँदैछन् ।
‘मेरो देश सुन्दर नेपाल, मेरो देश शान्त विशाल’ बोल गीतको राष्ट्रिय गीतमा अभिनेता हमालले अभिनय गरेका छन् । कोरोना महाकारीका कारण फिल्म क्षेत्र ठप्प रहेको अवस्थामा अभिनेता हमाललाई निर्देशक निकेश खड्काले राष्ट्रिय गीतको भिडियोमा प्रस्तुत गरेका हुन् । हमालले कमैमात्र भिडियो खेल्ने गर्छन् ।


उक्त भिडियो अभिनेता हमाल नेपालको राष्ट्रिय झण्डा थिममा तयार पारिएको ड्रेसमा देखिँदैछन् । जुन ड्रेस डिल्लीबजारस्थित कुसुम द बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले तयार गरेकी हुन् । पछिल्लो समय म्युजिक भिडियो, फोटोसुट र फिल्मका लागि समेत पहिरन क्रियशनमा चर्चा बटुलिरहेकी कुसुमले गीतको भावअनुसार अभिनेता हमालका लागि ड्रेस तयार गरेको बताइन् ।
हालै छायाँकन गरिएको उक्त गीतको शब्दरचना दिपक देवकोटा र संगीत राजु सिहंको रहेको छ । उक्त गीतलाई गायक केबी राईले गाएका हुन् । उक्त भिडियो चाँडै रिलिज हुने निर्माणपक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्