Logo
Logo

रास्वपाको समानुपातिक बन्दसूचीमा को-को समेटिए ?


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ । सोमबार साँझ मात्र कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि अबेर गरी रास्वपाले आयोगमा सूची बुझाएको हो ।

रास्वपा, बालेन शाह र घिसिङको सूचीलाई मिलाएर रास्वपाले आयोगमा दर्ता गरेको हो । आदाीवासी जनजातीतर्फ सूचीको पहिलो नम्बरमा डा राम लामा पर्दा दोस्रोमा खस्बु सरकार श्रेष्ठ र युवा नेता मिलन लिम्बू ६ नम्बरमा परेका छन् ।

त्यस्तै रास्वपाले जसमा चमार समुदायका स्वास्थ्य अभियन्ता डा. रामजी रामलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ । रास्वपाले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुत, कलाकार रिमा विश्वकर्मादेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्