काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।

निर्वाचन समितिले मतदान शुक्रवार बिहान ७ बजेदेखि सुरु गर्ने जनाएको थियो । जसका कारण मतदाताहरू मतदानका लागि बिहानैदेखि लाइनमा लागेका हुन् । तर मतदान सुरु भइसकेको छैन । बिहीबार मतदान सुरु गर्ने भनिएको तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।
कांग्रेस महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ छ। कतिपय प्रतिनिधि महाधिवेशन लम्बिँदा घर फर्किएका छन् ।













