
काठमाडौं । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ ।
दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो चिप्लो हुँदा गाडी चिप्लिएर गुड्न नसकेपछि यातायात अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले शीतलहरका कारण १५ घण्टादेखि गाडी गुड्न नसकेको र बर्दघाट र दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको जानकारी दिए ।
निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ ।












