काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी पुत्री र पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्रलाई समानुपातिकतर्फको बन्दसूचीमा राखेको छ ।

कांग्रेसले पौडेलपुत्री संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति डा.यादवका पुत्र डा. चन्द्रमोहन यादवलाई उम्मेदवार बनाएको हो ।
कास्कीकी संज्ञाको नाम ६२ नम्बरमा छ भने धनुषाका डा. चन्द्रमोहनको ७६ नम्बरमा छ ।












