Logo
Logo

समानुपातिक सूचीमा धेरै कलाकार राखेको बारे रवि लामिछानेले के भने ?


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीति गरिरहेकाले देशमा निराशा फैलाएकाले र देशलाई निकास दिन नसकेकाले कलाकार, पत्रकार र खेलाडीहरू राजनीतिमा आएको बताएका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichane-3.jpg

झरिपछिको इन्द्रेणी सिनेमा हेर्न पुगेका सभापति लामिछानेले समानुपातिकको सूचीमा धेरै सेलिब्रेटीहरुलाई राखेको भन्ने प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

उनले भने, ‘जब जब राजनीतिले निकास दिन सक्दैन, जब राजनीति गर्छु भनेर वर्षौँ जीवन बिताएका मानिसहरूले गरेको राजनीतिले देशमा निराशा फैलाउँछ, त्यसले निकास दिन सक्दैन, त्यतिखेर कलाकार पत्रकार खेलाडी सबैजना राजनीतिमा आउँछन् । अहिले नेपाल त्यही फेजमा आएको छ ।  त्यही मोडमा आएको हुनाले कलाकार खेलाडी राजनीतिमा देखिनुभएको छ नि, किनकी राजनीति जसले गर्छन् भनेर हामीले विश्वास गरेर हाम्रो सम्पूर्ण भविष्य सुम्पेका थियौं, उनीहरूले हाम्रो भविष्यमाथी खेलबाड गरे । त्यसकारण त्यो खेलबाड सहन नसकेर कलाकारहरू राजनीतिमा आएका हुन् ।’

लामिछानेले कलाकारहरुलाई राजनीतिमा इन्ट्रेस्ट नभएको बताउँदै आफ्नो मुलुकप्रतिको उत्तरदायित्व पुरा गर्नको लागि राजनीतिमा आएको र आवश्यक परेको खण्डमा सबै अगाडी आउनुपर्ने बताए ।

रास्वपाले गएराती निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सुचीमा कलाकार, खेलाडीसहितका सेलिब्रेटी र अभियान्ताहरु ठुलो सङ्ख्यामा राखेको भन्दै रास्वपा भित्र असन्तुष्टि बढेको छ । साथै समानुपातिक सूचीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालका छोरा देखि कुलमान घिसिङका भान्जासम्म राखेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्