Logo
Logo

भावना राउत भन्छिन्- समानुपातिक सूची नसच्याइए रास्वपालाई समर्थन गरिँदैन


1k
Shares

काठमाडौं । जेनजी अभियान्ता भावना राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूची नसच्याइए समर्थन गर्न नसकिने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक सूची नसच्याइए प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हाल्ने र समानुपातिकमा अन्धाधुन्ध कुनैपनि पार्टीलाई समर्थन नगर्ने बताएकी हुन् ।

’यो समानुपातिक सूची सच्याइएन भने हाम्रो निर्णय स्पष्ट छ, प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हालिन्छ, अनि समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन गरिँदैन,’ उनले भनेकी छन्,’ ‘उज्जवल थापाले सधैं भन्नुहुन्थ्यो, समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिएन भने हामी अन्धभक्त बन्छौं, र राजनीतिमा अन्धभक्त हुनु भनेको मुलुकलाई धोका दिनु हो । म अन्धभक्त बन्न सक्दिनँ।’

रास्वपाले बहुमत पाओस् र बालेन प्रधानमन्त्री बनुन् भन्ने चाहना आफ्नो पनि रहेको राउतले बताइन् । ‘तर नैतिक मूल्य साटेर, गलतलाई सही ठानेर, जिउँदो लास जस्तै अन्धसमर्थक बन्न म सक्दिनँ । समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु, तर प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु, यो मेरो प्रतिबद्धता हो । मैले बुझेको राजनीति हो,’ उनले लेखेकी छन्।

रास्वपाकै अरू नेताहरूले पनि समानुपातिक सूचीमा आपत्ति जनाएका छन् । समानुपातिक सूचीमा यसको मर्मभन्दा नातावाद कृपावाद हाबी भएको भनेर पार्टीकै नेताहरू असन्तुष्ट छन् । रास्वपाले समानुपातिक उम्मेदवार छान्न प्राइमरी इलेक्सन नै गरेको थियो । तर, प्राइमरी भोटिङकै धज्जी उडाउँदै नातावाद र आफन्तवाद हावी भएको भन्दै रास्वपाभित्रै विवाद उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्