Logo
Logo

ओखलढुंगामा एक दम्पतीको घरभित्रै विभत्स हत्या


1.6k
Shares


काठमाडौं । ओखलढुंगाको चिशङ्खुगढीमा एक दम्पतीको विभत्स हत्या भएको छ । चिशङ्खुगढी गाउँपालिका–६ भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमायाको मंगलबार राति हत्या भएको हो ।

बिहान अबेरसम्म घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी सुरु गर्दा दुवै जना हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

धरानबाट तालिम प्राप्त कुकुर समेत ल्याएर घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रमबहादुर भट्टराईले जानकारी दिए । हत्या कसले र किन गर्यो खुलेको छैन । दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्