
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो पटक सरकार विस्तार गर्दैछन् ।
गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका यादवले आज ६ जना थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । जसपाबाट २, कांग्रेसबाट २, जनमतबाट १ र माओवादी केन्द्रबाट १ जना मन्त्री थप हुने मुख्यमन्त्री यादवले जानकारी दिए।
जसमा मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारे दिने तयारी भएको छ ।
उनीहरूलाई आजै शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।












