
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याउने बताएका छन् ।
रास्वपाले निर्वाचन आयोगमा पेस गरेको बन्द सूचीमा उल्लेखित कतिपय नामप्रति पार्टीभित्र र बाहिरबाट विरोध भएपछि उनले सामाजिक सञ्जालमार्फत बन्दसूचीमा भएका गल्तीलाई सच्याइने बताएका हुन् ।
उनले भनेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने अवधि २१ देखि २७ पुससम्मका लागि तोकेको छ ।
रास्वपामा समानुपातिक उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन भएको थियो । तर, पार्टीमा योगदान दिएका भन्दा पनि बाहिरी व्यक्हितहरु कलाकार, ब्यापारी तथा आफन्तलाई समेटेर सूची बुझाइएपछि रास्वपाभित्रै विवाद सिर्जना भएको छ ।












