Logo
Logo

खुसीको ‘राम साइँला’, रुकमान-वर्षाको रोमान्स !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज । गायक तथा मोडल रुकमान लिम्बू एक भिडियोमा अभिनेत्री वर्षा सिवाकोटीसँग देखिँदैछन् । पछिल्लो समय गायनमा भन्दा बढी मोडलिङमा बढी व्यस्त हुँदै आएका रुकमामा र वर्षा ‘राम साइँला’ बोलको गीतको भिडियोमा देखिन लागेका हुन् । जुन गीतको भिडियो छायाँकन हालै गरिएको छ ।


गायिका खुसी थुलुङले गाएको ‘राम साइँला’ पूर्वेली लोकफ्लेवरमा छ । उक्त गीतको भिडियोमा रुकमान र वर्षाबीच अनस्क्रिन रोमान्स गरेका छन् । थुप्रै गीतको मोडलिङ गरिसकेका रुकमान र अभिनेत्री वर्षाको यो पहिलो स्क्रिन शेयर हो ।
गायकसमेत रहेका विक्रम राईको संगीत रहेको ‘राम साइँला’ गीतलाई डिपी खनालले लेखेका हुन्, जो पछिल्लो समय गीत लेखनमा चर्तित छन् ।


‘राम साइँला’ गीतको भिडियोलाई युबराज वाइबाले निर्देशन गरेका छन् । निर्देशक वाइबा फरक किसिमको भिडियो निर्माणमा ख्याती कमाउँदै गएका छन् । उनले ‘राम साइँला’मा अभिनेत्री वर्षा र रुकमानलाई पनि फरक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । प्रायः पुर्वेली लोकगीतका भिडियोहरु एकै किसिमका हुने गर्छ । तर, ‘राम साइँला’को भिडियोमा दर्शक तथा श्रोताले केही फरक स्वाद पाउने मोडल तथा गायक रुकमानले दावी गरेका छन् ।
उक्त गीतको भिडियो यसै साता दर्शकसमक्ष सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । भिडियोमा छायाँकन निसाल पौडेल, सह–निर्देशन लोमश पौडेल र सम्पादन विकास दाहालको रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्