काठमाडौं । अमेरिकी कांग्रेसी र्यान्डी फाइनले ‘ग्रीनल्याण्ड एनेक्सेसन एण्ड स्टेटहुड एक्ट’ नामक विधेयक पेश गरेका छन् । विधेयकले अमेरिकी सरकारलाई ग्रीनल्याण्डलाई गाभ्ने र पछि यसलाई अमेरिकी राज्य बनाउने कानुनी अधिकार दिने लक्ष्य राखेको छ ।

कांग्रेसी र्यान्डी फाइनले विधेयकको घोषणा गर्दै यो कदम रुस र चीनको प्रभावको सामना गर्न आवश्यक रहेको बताएका छन् । त्यसपछि राज्यत्वको लागि आवश्यक सुधारहरूको पूर्ण प्रतिवेदन कांग्रेसमा पेश गरिनेछ ।
यदि पारित भएमा विधेयकले अमेरिकालाई ग्रीनल्याण्डलाई आफ्नो ५१औँ राज्य बनाउने अधिकार प्रदान गर्नेछ । यद्यपि, विधेयक भर्खरै मात्र पेश गरिएको छ र सदन र सिनेट दुवैमा पारित हुन आवश्यक छ । धेरै विज्ञहरू यो पारित हुने सम्भावना धेरै रहेको छैन, किनकि यसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दछ । डेनमार्कले विगत ३०० वर्षदेखि ग्रीनल्याण्डलाई नियन्त्रण गर्दै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावलाई समर्थन गर्दै ग्रीनल्याण्ड अमेरिकी रक्षाको लागि आवश्यक छ भन्ने कुरामा जोड दिएका चाहन । उनले हालै अमेरिकालाई ग्रीनल्याण्ड चाहिन्छ र यस दिशामा कदम चालिरहेको छ, चाहे अन्य देशहरूले यसलाई मन पराउँछन् वा नपरोस् भन्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।
ट्रम्प प्रशासनले ग्रीनल्याण्डका बासिन्दाहरूलाई संयुक्त राज्य अमेरिकामा सामेल हुन भुक्तानी गर्ने तरिकाहरूबारे पनि छलफल गरेको छ । डेनिस र ग्रीनल्याण्डका अधिकारीहरूले ट्रम्पको दृष्टिकोणको कडा आलोचना गरेका छन्, यसलाई अपमानजनक भनेका छन् ।
यदि विधेयक पारित भएमा, अमेरिकी राष्ट्रपतिले ग्रीनल्याण्डलाई अमेरिकी क्षेत्रमा गाभ्न डेनमार्कसँग वार्ता र अन्य उपायहरू सहित सबै कानुनी रूपमा आवश्यक कदम चाल्ने अधिकार पाउनेछन् । राष्ट्रपतिले ग्रीनल्याण्डलाई ५१औँ राज्य बनाउन कुन सङ्घीय कानुनहरू परिवर्तन गर्नुपर्छ भनेर रूपरेखा सहित कांग्रेसमा प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि ग्रीनल्याण्डले आफ्नो संविधान बनाउनुपर्नेछ, जुन अमेरिकी संविधानसँग मेल खान्छ । संसद्ले यसलाई अनुमोदन गर्नेछ र ग्रीनल्याण्ड पूर्ण अमेरिकी राज्य बन्न सक्छ (जस्तै अलास्काले गरेको थियो) ।












