Logo
Logo

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् ।

The current image has no alternative text. The file name is: balen-shah.jpg

निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेका हुन् । 

उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका रहेको छ । 

लगत्तै, त्यहाँबाट उनी मधेश प्रदेश झर्ने बताइएको छ । मधेश लगायतका देशका विभिन्न ठाउँमा बालेनले आफ्नो सक्रियता बढाएको उनी निकटस्थहरूले बताएका छन् ।

मेयर शाहले रास्वपासँग सहकार्य गरेर अघि बढ्ने र आफू प्रधानमन्त्रीको रूपमा निर्वाचनमा जाने सहमति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्