
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन । अहिले दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् ।












