काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र सायमीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सायमी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-८ बाट नेकपाको तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका स्थायी बासिन्दा हुन् ।












