एजेन्सी । चीनले सन् २०२५ मा अमेरिकी भन्सार वृद्धि र व्यापार युद्धका बाबजुद १२ खर्ब अमेरिकी डलरको व्यापार अधिशेष कायम गरेको छ ।

यस वर्ष चीनको निर्यात ५।५ प्रतिशत बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ, जबकि आयात घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित भएको छ । सन् २०२४ मा व्यापार अधिशेष ९ खर्ब ९२ अर्ब डलर थियो ।
अमेरिकामा निर्यात झन्डै २० प्रतिशत घटे पनि दक्षिण अमेरिका, दक्षिणपूर्वी एशिया, अफ्रिका र युरोप लगायत अन्य क्षेत्रीय बजारमा निर्यात विस्तार भएपछि समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको छ ।
विश्लेषकहरूका अनुसार कम्प्युटर चिप, विद्युतीय उपकरण र कार उत्पादनमा बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ । यसले चीनको अर्थतन्त्रलाई वार्षिक झन्डै ५ प्रतिशत वृद्धिदरको लक्ष्य नजिक पुर्याउन मद्दत गरेको छ ।
तर सस्तो चिनियाँ वस्तुको कारण केही देशमा स्थानीय उद्योगमा असर पर्ने र चेतावनी बढ्ने चिन्ता पनि रहेको छ ।












