Logo
Logo

पूर्णबहादुरको दाबी- ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेको छ ।

कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको संस्थापन पक्षले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेमध्ये ८८५ जनाले फिर्ता लिएको दाबी गरेको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित स–शरीर उपस्थित भएको केन्द्रीय समितिका बहुमत सदस्यले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा बनाइएको समिति अवैध भएको जिकिर गरेका छन् ।

कावा खड्काले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग भएको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तस रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरुपणका लागि आग्रह गरे ।

यसअघि बिहीबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कमिटीले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगसमक्ष अद्यावधिकको निवेदन दिइसकेको छ । योसँगै अब कांग्रेसको कुन पक्ष आधिकारिक हो भन्ने विषय आयोगले टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्