Logo
Logo

विशेष महाधिवेशन आधिकारिक हो, देउवाले कारबाही गर्न मिल्दैन : विश्वप्रकाश शर्मा


567
Shares

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे जानकारी गराएका छन् ।

पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले महाधिवेशन आह्वान गरेको जानकारी गराएका हुन् ।  उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगका पदाधिकारीलाई जानकारी गराए ।

विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबीसहित उनले भने, ‘ कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो । नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’

नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने पद्धति भएको शर्माक भनाइ रहेको छ ।

‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्थालाई हामीले सम्बोधन गरेर अघि बढाएका हौँ,’ उनले भने, ‘१५औँ महाधिवेशनको तालिका कार्यान्वयन नहुने अवस्थामा हामी विशेष महाधिवेशन आह्वान गर्ने अवस्थामा पुग्यौँ । नेपाली कांग्रेसको विधानले केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरेको छ । सोहीअनुसार काम गरियो ।’

प्रतिक्रिया दिनुहोस्