Logo
Logo

कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद-ओली


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतामाथि आक्रमण भइरहेको बताएका छन् । नेकपा एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

The current image has no alternative text. The file name is: kp-oli-3.jpg

पछिल्लो समय धम्कीको भरमा निर्देशित भएर चल्नुपर्ने र अपराधलाई नै ठीक ठान्दै हिँड्नुपर्ने अवस्था सिर्जना भएको ओलीको भनाइ छ । उनले भने, ‘न्याय निरूपण गर्ने निकायहरू त्रासमा छन् । त्रासबाट निर्देशित भएर निर्णय लिनुपर्ने बाध्यता छ । यति स्पष्ट हुँदाहुँदै पनि निर्वाचन आयोग चुपचाप बसिरहेको छ ।’

नेपाली कांग्रेसको आन्तरिक विवाद र विशेष महाधिवेशन नहुनुबारे बोल्दै ओलीले भने, ‘कांग्रेसको विशेष महाधिवेशन किन भएन ? कसले बोलाउने, बहुमत-अल्पमत कायम गर्ने प्रक्रिया पनि निर्धारित थिति हुन्छ होला ।’

कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद र चिन्ताजनक भएको उल्लेख गर्दै उनले नेताहरूले जानीबुझी यस्तो अवस्था निम्त्याइरहेको भन्दै आश्चर्य व्यक्त गरे । ‘यस्तो सङ्कटपूर्ण समयमा, जब संविधान कुल्चिएको छ, मिचिएको छ र समग्र प्रणाली नै घायल बनाइएको छ, तब त्यसको बचाउ र लडाइँका लागि एकजुट हुनुपर्ने कांग्रेस भने अनावश्यक रूपमा पार्टी फुटाउने अभियानमा लागेको छ,’ ओलीले भने ।

ओलीले एमाले नेता-कार्यकर्ताहरूलाई देश र लोकतन्त्रको रक्षा गर्न एकताबद्ध भएर अघि बढ्न निर्देशनसमेत दिए

प्रतिक्रिया दिनुहोस्