
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटभित्र बाहिर निस्कन चेतावनी दिएको छ।
हाल, निर्वाचन आयोग, कान्तिपथ परिसरमा दुई समूहबीच धर्ना जारी छ । थापा समूह आयोग भित्र रहेको छ भने, देउवा समूह आयोग बाहिर धर्नामा छ ।
देउवा समूहले चेतावनी दिँदै भनेको छ कि “थापा समूह तुरुन्त बाहिर ननिस्किए हामी पनि आयोग भित्र पस्ने छौँ ।”
यसको कारण सडकमा सवारी आवागमन पूर्णरूपले अवरुद्ध भएको छ। दुई समूहबीचको यो तनावले आयोग वरिपरि सुरक्षा र प्रशासनिक व्यवस्थालाई चुनौती दिएको छ ।











