Logo
Logo

गगन नेतृत्वको कांग्रेस पदाधिकारी पनि आयोगमा धर्नामा


1.1k
Shares

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका पदाधिकारीहरू पार्टीको आधिकारिकता पुष्टि गर्न निर्वाचन आयोगमा धर्नामा बसेका छन् ।

The current image has no alternative text. The file name is: dharna.jpg

धर्नामा बसेकाहरूमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री डा. डिला संग्रौला र फरमुल्लाह मन्सुर रहेका छन् ।

अहिलेसम्म निर्वाचन आयोग, कान्तिपथमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेस आमनेसामने रहेका छन् । पार्टीको आधिकारिकता र प्रतिनिधित्वलाई लिएर दुवै पक्ष नाराबाजीमा उत्रिएका छन् । सूचना अनुसार, गगन नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू शुक्रबार दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसेका थिए । त्यस्तै, देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू ढिलो गरी आयोग परिसर पुगेर धर्नामा सहभागी भएका छन् ।

देउवा समूहको तर्फबाट तरुण दल अध्यक्ष विद्वान गुरुङसहितका युवाहरू निर्वाचन कार्यालयअगाडि नाराबाजी गर्दै धर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्