Logo
Logo

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने


945
Shares

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी सबै उपाय अपनाएर प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयको कडा विरोध गर्दै प्रतिवाद गर्ने निर्णय भएको बताउँदै उनले आइतबार नै सर्वोच्च अदालत जाने तयारी भइरहेको पनि बताए ।

यता, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि जारी छ । नयाँ नेतृत्व चयनपछि बस्न लागेको यो पहिलो बैठक हो । बैठकमा सबै पदाधिकारी तथा सदस्यहरू उपस्थित छन् । ०००

प्रतिक्रिया दिनुहोस्