Logo
Logo

सुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको दाबी


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि ४६ जनाले दाबी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न रास्वपाका ४६ जनाले दाबेदारी गरेका हुन् ।

उम्मेदवारका लागि दाबी गर्नेमा रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टदेखि सागर ढकाल, बालेन शाह र गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिवसम्मका छन् ।

कैलाली-१ बाट रास्वपाका प्रदेश सभापति विष्टले दाबी गरेका छन् । पार्टीका सचिवालय सदस्य दीपक बोहराले कञ्चनपुर-२ मा उम्मेदवार बन्न खोजेका छन् ।

सागर ढकालले डडेल्धुरामा दाबी गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले अछाम-२ बाट उम्मेदवार बन्ने आकांक्षा राख्दा गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशीले कञ्चनपुर-३ मा दाबी पेस गरेका छन् ।

कसको दाबी कहाँ ?

१) कैलाली-१

१) इन्जिनियर प्रकाश विष्ट

२) कोमल सुवेदी (नाउपापक्ष)

३) सुरेश कर्ण

३) दिव्या चौधरी

४) सिद्धार्थ साउद

५) दीपेन्द्र चौधरी

२) कैलाली-२

१) पदमराज शर्मा

२) पदम चौलागाई

३)पवित्रा गिरी

४) केपी खनाल (बालेनपक्ष)

३) कैलाली-३

१) महेशकुमार चौधरी (जिल्ला सभापति)

२) जगत जोशी

३)  इन्दु चौधरी(नाउपा पक्ष)

४) कैलाली-४

१) खेमराज कोइराला

२) दिल्लीराज जोशी

३) मिनबहादुर बोहरा

४) शिवराज पन्त (पूर्वकर्णेल)

५) हेमराज भट्ट

६) सत्यराज रावल

५) कैलाली-५

१) भीमबहादुर बोहरा

२) जसुकुमारी भट्ट

३) हरि रेग्मी

४) ईश्वरी बिष्ट

५) पुष्कर अवस्थी

६) लक्ष्मण थारू

७) आनन्द बहादुर चन्द (बालेन पक्ष)

६) कञ्चनपुर-१

१) जनक धामी

२) नवराज राना

७) कञ्चनपुर-२

१) दीपक बोहरा (सचिवालय सदस्य)

 ८) कञ्चनपुर-३

१) ज्ञानेन्द्र सिंह महता

२) उमेश पाण्डे

३) कृष्णदत्त जोशी (बक्सर)

४) धिरज जोशी (बालेन पक्ष तथा गृह मन्त्रीका स्वकीय सचिव)

९) डडेल्धुरा

१) सागर ढकाल

२) सुरेन्द्र अवस्थी(जिल्ला सभापति)

४) डा.तारा जोशी (उज्यालो पार्टीबाट समायोजन)

१०)  बझाङ

१) मिनबहादुर सिंह

२)सत्यराज उपाध्याय (जिल्ला सभापति)

३) शैलेश सिंह

११) अछाम- १

१) ओमप्रकाश रावल (जिल्ला सभापति)

१२) अछाम-२

१)  जीवन तिमिल्सिना

२) भूपदेव शाह (बालेन स्वकीय सचिव)

१३) बाजुरा

१) राजबहादुर सिंह

२) हेमराज थापा

१४) बैतडी

१) हरिमोहन भण्डारी

१५) डोटी

१) नरेन्द्र खड्का

१६) दार्चुला

१) राजेश साउद

प्रतिक्रिया दिनुहोस्