Logo
Logo

कांग्रेसबाट एकल सिफारिस भएका पूर्वमन्त्री कनौडिया एमालेमा प्रवेश


2.5k
Shares

 काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट आगामी निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस भएका नेता बीरेन्द्रकुमार कनौडिया नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

शनिवार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनले औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले कनौडियाको एमाले प्रवेश गरेको जानकारी गराएका हुन् । 

नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र विवादका कारण उनी एमाले गएका हुन् ।  एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर ३ मा चुनावी टिकट पाउने सुनिश्चित भएपछि उनले एमालेमा प्रवेश गरेका हुन् । 

कनौडिया यसअघि लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता थिए  । सङ्घीय सरकारमा मन्त्रीसमेत भइसकेका उनले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्ने आकांक्षा राखे पनि अवसर प्राप्त गर्न सकेनन् । यसबाहेक, नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका उनले अन्तिम समयमा आएर हस्ताक्षर फिर्ता लिएका थिए ।

०७९ को निर्वाचनमा पनि एमालेले यसै क्षेत्रमा तराई केन्द्रित दलका मङ्गलप्रसाद गुप्तालाई प्रवेश गराएर जित हासिल गरेको थियो । तर, अहिले गुप्ता बिरामी भएकाले उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् । यसैबीच, कांग्रेस क्षेत्रीय समितिबाट कनौडियालाई एकल उम्मेदवार सिफारिस गरिएपछि सोही क्षेत्रका अर्का नेता अभिषेक प्रताप शाहले विरोध जनाउँदै केन्द्रमा निवेदन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्