काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यसपटक भने नेकपाबाट कैलाली-५ मा चुनाव लड्ने भएका हुन् ।
यसअघि नेकपाले कैलाली-४ बाट हरि चौधरी ‘उत्सव’, ३ बाट विरमान चौधरी र २ बाट राजेन्द्र साउनको टिकट टुङ्ग्याइसकेको छ । कैलाली-१ का विषयमा भने पार्टीभित्र छलफल जारी रहेको छ ।











