
काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा निर्वाचनकेन्द्रित जनप्रदर्शन गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो ।
भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने छ । मध्यान्ह १२ बजेदेखि सुरु हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए ।
बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न प्रदर्शन आयोजना गरेको हो । एमालेले यहि २ज्ञ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही निर्वाचन क्षेत्रबाहेकमा उम्मेदवार टुंग्याएको छ ।











