Logo
Logo

उम्मेदवार मनोनयन दर्ताको समय थप्ने तयारीमा आयोग


1.3k
Shares

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको समय थप्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।

राजनीतिक दलहरूले उम्मेदवार छनोटमा पर्याप्त समय नपुगेको गुनासो गरिरहँदा आयोग मनोनयन दर्ताको मिति केही दिन सार्ने तयारीमा जुटेको हो । दलहरूबाट औपचारिक तथा अनौपचारिक रूपमा मनोनयन समय थप्न माग आएपछि आयोगले यसबारे आन्तरिक छलफल सुरु गरेको छ ।

आयोगका अनुसार, दलहरूसँग छलफल गरी सर्वदलीय सहमति जुटेमा एक-दुई दिन सम्म समय थप्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्