Logo
Logo

एमाले टिकट वितरणमा योगेशको असन्तुष्टि, दर्ता गरे नोट अफ डिसेन्ट


882
Shares

काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् ।

शनिवार बसेको सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुङ्गो लगाएको थियो । जसमा असहमति जनाउँदै भट्टराईले नोट अफ डिसेन्ट लेखेका हुन् । 

सोही अनुसार, उनले आइतबार पार्टी कार्यालयमा पुगेर नोट अफ डिसेन्ट दर्ता गराएका हुन् । उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेका जनाइएको छ । 

टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय उनले नोट अफ डिसेन्ट लेखेका छन् ।

भट्टराईले चुनाव लड्दै आएको ताप्लेजुङमा पनि एमालेले उम्मेदवार टुङ्गो लगाएको छैन । ताप्लेजुङबारे पार्टीको निर्णय सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत समर्थकहरूलाई विचलित नहुन अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्