Logo
Logo

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल जारी


567
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल जारी छ । छलफलमा मन्त्रीहरू पनि सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल चलिरहेको हो ।

आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई आयोगले ब्रिफिङ गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्