काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले राजीनामा दिएका छन् । स्वास्थ्य बीमाको भुक्तानीमा समस्या भएका कारण अस्पतालहरूले बीमा सेवा बन्द गर्न सुरु गरेपछि कार्यकारी निर्देशक काफ्लेले राजीनामा गरेका हुन् ।

४० करोड भुक्तानी बाँकी रहेको भन्दै यही १ माघदेखि महाजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार बन्द गरेको थियो ।
बीमा बोर्डका अनुसार देशभरका ५१० वटै सेवाप्रदायक अस्पतालहरूलाई साढे १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
२०७२ देखि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयनको अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।











