Logo
Logo

पार्टीका उम्मेदवारलाई जिताउन अग्रणी भूमिका खेल्न शेखर निर्देशन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूपक्षीय नेताहरूलाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन अग्रणी भूमिका खेल्न निर्देशन दिएका छन् । आइतबार बत्तीसपुतलीमा भएको आफूपक्षीय नेताहरूको भेलामा उनले पार्टीको सङ्कटलाई अहिले छलफलमै छोड्न र निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन् ।

The current image has no alternative text. The file name is: sekher-3.jpg

उनले पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई विजयी गराउन कार्यमा लाग्न र पार्टी उम्मेदवारी प्रस्ताव भएको अवस्थामा सहमति जनाउनका आग्रह गरेका हुन् । 

पार्टीको सङ्कटको अवस्थामा आफूलाई कहाँ उभ्याउने भन्नेबारे छलफलमै छोड्न समेत उनले आग्रह गरे । कोइरालाले मुलुकमा भएको संवैधानिक संकट र पार्टीभित्र भएको असहज परिस्थितिमा आफूलाई कहाँ उभ्याउनुपर्ने हो भन्ने विषयलाई परामर्शमै छाड्न आग्रह गरे । 

गगन थापा नेतृत्वको कांग्रेसलाई असंवैधानिक समेत भनिरहेका कोइरालाले १५ औँ महाधिवेशनको तयारी गर्न समेत आग्रह गरे ।

‘निर्वाचनसँगसँगै हामीले १५ औँ महाधिवेशनमा पनि ध्यान दिनुपर्ने छ,’ कोइरालाले भने, ‘निर्वाचनसँगै तपाईँहरू १५ औँ महाधिवेशनको पनि तयारी गर्नुहुने छ भन्ने विश्वासका साथ बिदा लिन्छु ।’

प्रतिक्रिया दिनुहोस्