Logo
Logo

आज उम्मेदवार टुङ्ग्याउँदै कांग्रेस, सहयोग गर्न गगनको अपिल


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार टुंगो लगाइने बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको भन्दै आज दिनभरमा सबै टुंगो लगाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । सकेसम्म यसलाई राम्रो बनाउन ‘बेष्ट’ कोसिस गर्छौं ।’
उनले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा केही कुरा नराखी सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो,’ उनले भनेका छन्, ‘यो अभियानमा हामी सबै जुट्नपर्छ भनेर, तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु । अपिल गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्