Logo
Logo

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा


1.3k
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । जेनजी आनदोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारमा कात्तिक ९ गते मन्त्री नियुक्त भएका उनले आज राजीनामा दिएका हुन् ।

यद्यपी उनको राजीनमा स्वीकृत भने हुन बाँकी छ । उनले भने, ‘राजीनामा बुझाइसकेके छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भोलिसम्ममा स्वीकृत होला ।’

सुशीला नेतृत्वको सरकार गैरदलीय हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टीमा खुलेपछि र अमेरिका जाने विषयमा विवाद बढेपछि गुप्तासँग प्रधानमन्त्री कार्की असन्तुष्ट थिइन् ।

आजै बिहान मात्र उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बरिष्ठ नेता बालेन शाहसँग जनकपुर र सिराहामा एकसाथ देखिएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भइरहेको थियो । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि उनले मन्त्री पद छोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्