Logo
Logo

बर्दिया-१ बाट विष्णु थारु चुनाव लड्ने, पछि हटे बामदेव 


3.8k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा केन्द्रीय सदस्य वामदेव गौतमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दिने औपचारिक निर्णय फिर्ता लिएका छन् ।

The current image has no alternative text. The file name is: bamdev-2.gif

पार्टीले उक्त क्षेत्रबाट विष्णु प्रसाद थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गौतमले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै लेखेको पत्रमा यो निर्णय फिर्ता लिएको जानकारी गराएका छन् । 

उनले पत्रमा भनेका छन्, ‘बर्दिया थारु जनघनत्व भएको जिल्ला हो । यहाँ कुनै पनि काममा सफलता प्राप्त गर्न थारु तथा गैर९थारु जनमतलाई सन्तुलन मिलाउनु आवश्यक हुन्छ । तर पार्टीले यसपटक जेन्जी आन्दोलनको दुखद अवस्थालाई समेत बेवास्ता गर्दै बर्दियाका दुवै निर्वाचन क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय सही नभएकोले मैले क्षेत्र नं। १ बाट उम्मेदवारी नदिने भएको छु ।’

गौतमले पार्टीबाट प्राप्त उम्मेदवार बन्ने औपचारिक पत्र फिर्ता गरेको बताउँदै भनेका छन्, ‘तथापि मैले नेपाली कम्युनिस्ट पार्टीले दिने पार्टी सञ्चालन सम्बन्धी जिम्मेवारी यथावत् पूरा गरिरहनेछु ।’

बर्दिया जिल्ला नेपालको थारु समुदायको घना बसोबास भएको क्षेत्र हो । विगतका निर्वाचनहरूमा पनि थारु समुदायको भावना र जनमतलाई विशेष प्राथमिकता दिइँदै आएको थियो । वामदेव गौतमले यसअघि पनि बर्दियाबाट निर्वाचन लडेका थिए तर २०७४ को निर्वाचनमा उनी पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्