Logo
Logo

टिकट लिएरै जनकपुरबाट झापा-५ लागे बालेन


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् ।

लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए । उनीहरूले रास्वपाले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए । 

अब बालेन आफ्नो निर्वाचन क्षेत्र झापा-५ जाने छन् । जहाँ उनले निर्वाचन लक्षित गतिविधि अगाडी बढाउने छन् । काठमाडौं महानगरेको मेयर पदबाट राजीनामा दिएर चुनावमा हुमीएका बालेन झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने छन् । ओलीको राजनीतिक गढ मानीएको सो क्षेत्रमा बालेनको इन्ट्रिले झापा-५ लाई रोचक बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्