काठमाडौं । गएको प्रतिनिधिसभाको निर्वाचन प्रत्यक्षतर्फ डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका सागर ढकाल यस पटक गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर यसपटको निर्वाचन रास्वपाबाट लड्न लागेका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी-१ का लागि टिकट दिएको हो । यससँगै गुल्मीमा-१ मा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट डा। चन्द्र भण्डारीसँग सागरको प्रतिस्पर्धा हुने भएको छ ।
२०७९ सालको चुनावमा यहाँ एमाले ज्ञवालीलाई कांग्रेसका डा. भण्डारीले पराजित गरेका थिए ।
गुल्मीमा-१ मा एमाले र कांग्रेसका दुवै उम्मेदवारी निकै बलिया उम्मेदवार हुन् । गत निर्वाचन देउवालाई टक्कर दिएका सागरको इन्ट्रिले गल्मी-१ को निर्वाचन पनि रोचक बन्ने भएको छ ।











