Logo
Logo

कैलाली-५ मा आरजुले पाइनन् टिकट, नरनारायण शाह बने उम्मेदवार


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।

सभापति गगनकुमार थापाले शाहलाई कैलाली-५ को उम्मेदवार बनाएको हो । शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन् ।

सो क्षेत्रमा उनीसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए । पूर्वमन्त्री समेत रहेकी राणाले भने टिकट पाइनन् ।

सिफारिसमा परेका पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी गत निर्वाचनमा कैलाली-५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्