
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । अरु मन्त्रीहरूले चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला पुनले पनि राजीनामा दिएका हुन् ।
अर्थमन्त्री रामेश्वर खनालले मन्त्री पुनले सोमबार राजीनामा दिएको जानकारी दिएका छन् । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । मन्त्री पुनले चाहिँ आफ्नो अभियानलाई निरन्तरता दिने भन्दै राजीनामा दिएको अर्थमन्त्रीले बताएका छन् ।
पुनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बन्न राजीनामा दिएको स्रोत बताउँछ । यद्यपी उनले कु दलबाट चुनाव लड्दैछन् भन्ने खुलाइएको छैन ।











