
काठमाडौं । पूर्वमन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार मात्र शिक्षामन्त्रीबाट राजीनामा दिएका पुनले म्याग्दी पुगेर मनोनयन गर्दा गराएका हुन् ।
उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन् ।
पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने बताइएको छ ।











