काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा मनोनयन दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि केहीबेर अघि ओलीले निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका थिए ।











