Logo
Logo

गुल्मी-१ मा एमाले नेता प्रदीप ज्ञवालीले दर्ता गरे उम्मेदवारी


315
Shares

गुल्मी । आगामी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् ।

ज्ञवालीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै ज्ञवालीले गुल्मीको विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न आफू फेरि जनतासँग जान लागेको बताए ।

उनले विगतमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

गुल्मी क्षेत्र नम्बर १ मा उनी लामो समयदेखि सक्रिय रहँदै आएका छन् । गुल्मी–१ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्