Logo
Logo

कांग्रेस विशेष महाधिवेशनविरुद्ध परेको रिटको सुनुवाइ सकियो, आदेश आउन बाँकी


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ सकिएको हो ।

शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो ।

गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यसविरुद्ध विशेष महाधिवेशन नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो ।

आयोगले नवनिर्वाचित टिमलाई नै वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्ष सर्वोच्च पुगेको हो । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् । निर्वाचन आयोगले पनि थापा नेतृत्वकै समितिलाई आधिकारिकता प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्