Logo
Logo

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी


630
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगन्ज  पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । 

The current image has no alternative text. The file name is: rabi-lamichhane.jpg

लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएका हुन् । 

लामिछाने वीरगन्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गराएका हुन् । लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नं.२ बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्