Logo
Logo

पूर्वी पहाडका पाँच जिल्लामा ८५ उम्मेदवार, महिला मात्र ३ जना


189
Shares

पाँचथर । पूर्वी पहाडी जिल्लामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून देखिएको छ । राजनीतिक दलहरूले महिलालाई प्राथमिकतामा नराख्दा उम्मेदवारी दर्तामा महिलाको उपस्थिति झिनो बनेको हो ।

The current image has no alternative text. The file name is: image-41.png

पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम र धनकुटामा दर्ता भएका मनोनयन हेर्दा जम्मा ८५ उम्मेदवारमध्ये ३ जना मात्र महिला छन् ।

जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचन भए पनि यी जिल्लामा ५० वर्ष नाघेका उम्मेदवारहरूको वर्चस्व स्पष्ट देखिन्छ । पाँचथरमा ६ जना, इलाम–१ मा ९ जना, इलाम–२ मा ६ जना, ताप्लेजुङमा ६ जना, तेह्रथुममा ५ जना र धनकुटामा ३ जना उम्मेदवार ५० वर्षभन्दा माथिका छन् ।

उमेर समूहका आधारमा हेर्दा यी पाँच जिल्लामा २०–३० वर्ष उमेर समूहका ३ जना, ३०–४० वर्षका २३ जना, ४०–५० वर्षका २४ जना र ५०–७० वर्ष उमेर समूहका ३५ जना उम्मेदवार छन् ।

१५ जना उम्मेदवार रहेको पाँचथर र १३ जना उम्मेदवार रहेको ताप्लेजुङमा महिलाको उम्मेदवारी शून्य छ । १३ जना उम्मेदवार रहेको इलाम–१ मा भने दुई जना महिला उम्मेदवार छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्वाला नेपाल र नेपाल मजदुर किसान पार्टीले तुल्सीकेशर प्रजापतिलाई उम्मेदवार बनाएको छ ।

इलाम–२, धनकुटा र ताप्लेजुङमा महिलाको उम्मेदवारी परेको छैन । तेह्रथुममा १२ जना उम्मेदवारमध्ये एक जना महिला उम्मेदवार रहेकी छन् । यहाँ राष्ट्रिय परिवर्तन पार्टीले उषा लक्ष्मी तुम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ ।

यसले समावेशिता र महिला सहभागिताबारे राजनीतिक दलहरूको प्रतिबद्धता व्यवहारमा कमजोर देखिएको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्