Logo
Logo

उज्यालो नेपालले म्याग्दीमा महावीर पुनलाई सघाउने


441
Shares

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले सघाउने भएको छ ।

उज्यालो नेपालका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

उज्यालोले सो क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । चौधरीले आफ्नो दलप्रति आस्था भएका र उज्यालो नेपालमा आबद्ध भएका व्यक्तिलाई पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई शुक्रवार चुनाव चिन्ह दिँदै छ ।

प्रतिक्रिया दिनुहोस्