म्याग्दी । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएको पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । उनले शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् ।

लगत्तै उनलाई चुनाव चिह्न प्रदान गरिएको हो । आयोगले कुनै-कुनै चिह्न प्रयोग गर्न नमिल्ने भनेर त्यस्तो सूचीको रूपमा सूचीबद्ध गरेको छ । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिनेछ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या १ हजार १८८ रहेको छ । उम्मेदवारको यही ६ माघमा भएको हो । आज चुनाव चिह्न वितरणको कार्यतालिका छ । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ ।











